महाधिवेशन प्रतिनिधिमा रिजालको उम्मेदवारी
तुलसीपुर । नेपाली काग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा युवा नेता बिमल रिजालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज पार्टिका बिभिन्न चुनाबि सभाहरुमा पुगेर रिजालले निजिक्षेत्रको प्रतिनिधित्व गर्दै दाङ क्षेत्र नम्बर ३ बाट सघिंय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
तुलसीपुर उद्योग बणिज्य संघका पुर्ब अध्यक्ष समेत रहनुभएका रिजाल विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्छ । रिजालले सर्बसम्मतको बाताबरण भए आफु सहमतिको बाधक नबन्ने समेत नेतृत्वलाई बिश्वस्त पार्नुभएको छ ।
कांग्रेसको मसिर ३ गते प्रदेश सभा,६ गते सघिय निर्बाचन क्षेत्र अधिबेशन ,१० गते जिल्ला अधिबेशनको मिति तय गरिएको छ । त्यस्तै १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिबेशन हुदैछ ।
तपाईंको प्रतिक्रिया