युवकको हत्या आरोपमा ६ जना पक्राउ

 कार्तिक २४, २०७८

कैलाली । कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई हिजो मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । भुपेन्द्र र आर्यनबीच विगत लामो समयदेखि रिसइबी रहेको प्रहरीले जनाएको छ । घटनाका बारे अनुसन्धान भइरहेको बिष्टले बताउनुभयो । मृतकका परिवार र आफन्तले हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन ।

तपाईंको प्रतिक्रिया