पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी० ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । अखिल ९क्रान्तिकारी० का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।
तपाईंको प्रतिक्रिया