आज विप्लबको नेपाल वन्द

 कार्तिक ३०, २०७८

तुलसीपुर । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा विहानै देखि परेको छ । जिल्लामा सवारी साधन चल्न सकेका छैनन भने बजार,शैक्षिक संस्था, कलकारखानाहरु बन्द भएका छन् । बन्द सफल बनाउन विप्लब समुहका नेता कार्यकर्ताहरु बजार क्षेत्रका चोकचोकमा परिचालन भएका छन् । यस्तै कुनै अप्रिय घटना हुन नदिन प्रहरी पनि चोक चोकमा खटिएका छन । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले देशभर नेपाल बन्द आह्वान गरेको हो ।

दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण क्षेत्र बन्द गर्न आह्वान गरिएको छ । सोहि अनुसार अत्यावश्यक सेवा पानी बोक्ने गाडी, दुध बोक्ने गाडी, एम्लुलेन्स, प्रेस र कुटनितिक नियोगका गाडीलाई भने निर्वाध रुपमा संचालन हुन दिने नेकपाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया