बार र न्यायाधीशबीचको छलफल सुरु

 कार्तिक ३०, २०७८

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन ।

उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ । विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् ।बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ ।

प्रधानन्यायाधीशले वार्तामा आउन बारलाई आह्वान गरेलगत्तै बारले सोमबार पनि बैठक राखेको थियो । सो बैठकमा बारका पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए भने आज न्यायाधीशहरूले धारणा राख्न लागेका हुन् ।

तपाईंको प्रतिक्रिया