कांग्रेस-माअाेवादि परे जिल्ल, बाकेमा ४ हजार एमालेमा प्रवेश

 मङि्सर ०१, २०७८

नेपालगञ्ज । बाँकेमा एकैपटक ४ हजार जना नेकपा एमालेमा सामूहिक रुपमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वुधबार चर्चित नेता एवं जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

प्रभावशाली नेता मिश्रासहित अब्दूल करिम खा र गिरिजा पाठकको नेतृत्वमा ३ हजार ९ सय ९९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

मिश्रासहितका नेताहरुलाई अध्यक्ष ओलीसहित एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र अन्य नेताहरुले एमालेमा स्वागत गरे । एमाले प्रवेशपछि बोल्दै नेता मिश्राले एमालेले मात्रै मुलुकको हित गर्ने तथ्य प्रमाणित भइसकेको कारण आफूहरु सामुहिक रुपमा एमालेमा समाहित भएको बताए ।

उनले राष्ट्रिय स्वाभिमान र मुलुकको समृद्धिको लागि अडान लिन सक्ने नेता केपी शर्मा ओलीबाट मात्रै मधेशी तथा मुस्लिम समुदायको संरक्षणसम्भव भएकोले आफुहरुले नेकपा एमाले रोजेको घोषणा गरे । नेताहरुले अब बाँके एमालेको किल्ला बन्ने घोषणा गरे ।

तपाईंको प्रतिक्रिया