कांग्रेस महाधिवेशन: दाङमा मतदान आज

 मङि्सर ०४, २०७८


तुलसीपुर। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत दाङबाट प्रदेश सभापतिका लागि १३ जनाको मनोनयन दर्ता भएको छ । प्रदेशका ६ मतदान स्थलमा आज विहान ९ बजेदेखि मतदान सुरु हुनेछ । दाङ निर्वाचन क्षेत्र नं। ३ को (क) को सभापति पदका लागि देबेन्द्र रिजाल र बलिराम खत्रीले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गरेका छन ।

त्यस्तै निर्वाचन क्षेत्र नं। ३ (ख) को सभापतिका लागि खिमबहादुर वली, टिकाराम घर्ती र र चुडामणि ढकालले उम्मेदवारी दर्ता गरेका छन । दाङ निर्वाचन क्षेत्र नं। २ को (क) को सभापति पदका लागि प्रकाश क्षेष्ठ र दुर्गा जिएमले आफ्नो टिमसहित उम्मेवारी दर्ता गराएका छन् ।

क्षेत्र नं। २ को ९ख० मा अभियान बस्नेत र लालबहादुर गिरीले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं। १ को (क)को सभापति पदका लागि ताराबहादुर डिसी र श्रीपद चौधरीले टिमसहित उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं। १ को (ख)मा सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले टिमसहित उम्मेदवारी दर्ता गरेका छन् ।

तपाईंको प्रतिक्रिया