यिनै हुन काँग्रेसको प्रदेश प्रतिनिधिमा चयनभएकी १८ वर्षकी किशोरी

 मङि्सर ०४, २०७८

दाङ । काँग्रेसको प्रदेश प्रतिनिधिमा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली १८ वर्षीया किशोरी चयन हुनुभएको छ । १८ वर्षकी रक्षा यादव सर्व सहमतिमा प्रदेश प्रतिनिधिमा चुनिनुभएको हो । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनुपर्ने उहाँको भनाई छ ।


प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिनुभएको छ । यस क्षेत्रबाट रक्षा मात्र सर्व सहमत प्रतिनिधि चयन हुनुभएको हो । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको काँग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया