एमालेको महाधिवेशनमा तुलसीपुर ९ बाट एक सय सहभागी हुदै

 मङि्सर ०४, २०७८


तुलसीपुर । नेकपा एमालेको दशौं महाधिवेशनको लागी तुलसीपुर ९ नम्बर वडा कमिटिको तयारी बैठक सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षता एवं जिल्ला कमिटि सदस्य संगीत बस्यालको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले नगर कमिटि सदस्य वामदेव न्यौपानेको संयोजकत्वमा ७ सदस्यिय महाधिवेशन यात्रा तयारी समिति गठन गरेको छ ।

यस्तैगरी महाधिवेशनका लागी तुलसीपुर ९ बाट २ वटा बसको व्यवस्थापन गरी एक सय नेता कार्यकर्तालाई सहभागी गराउने निर्णय पनि भएको छ । सो अवसरमा जिल्ला कमिटी सदस्य रामवरण वैश्य, जिल्ला कमिटि सल्लाहकार लाल बहादुर गिरी , तुलसीपुर नगर कमिटि सदस्यहरु वामदेव न्यौपाने, देवेन्द्र केसी, कल्पना भुसाल लगाएतले बोल्नु भएको थियो ।

वडा कमिटिका उपाध्यक्ष शालिकराम न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको वैठकको सहजीकरण वडा कमिटिका सचिव खगेन्द्र वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया