प्रधानमन्त्री देउवाले बारका पदाधिकारीलाई बोलाए बालुवाटार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बताए ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उनले बताए । उनले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाउनुभएको बताए । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धिकरणको अवधारणाका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए ।
तपाईंको प्रतिक्रिया