तुलसीपुरमा ६२ हजार बढिले कोरोना विरुद्धको खोप लगाए
तुलसीपुर । तुलसीपुरमा हाल सम्म ६२ हजार ५ सयले कोरोना विरुद्धको खोप सेवा लिएका छन । हिजो मात्रै २२ ओटा खोप केन्द्र बाट ६ हजार २ सय ७९ जनालाई भेरोसेलको खोपको पहिलो मात्रा र ३९ जनाले दोस्रो मात्राको खोप लगाएको जनश्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । यो सगैं हाल सम्म पहिलो मात्रा लगाउने सङ्ख्या ६२ हजार पाँच सय ३४ जनालाई खोप प्रदान गरिएको छ ।
एस्टराजेनेका,कोभिशिल्ड २१ हजार ६ सय ५० जनालाई, भेरोसेलको पहिलो मात्रा ४० हजार ८ सय ८४ जनालाई प्रदान गरिएको बताईएको छ । यस्तै, हाल सम्म खोप मात्रा पुरा गर्नेको सङ्ख्या ४० हजार ६ जना रहेका छन । यस्तै आज पनि सबै वडाको स्वास्थ्य संस्था बाट विहान ११ बजे देखि ३ बजे सम्म खोप प्रदान गरिने भएको जनश्वास्थ्य निरीक्षक केसीले जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया