नेपालि काँग्रेसको प्रदेश स्तरिय अधिवेशन जारी

 मङि्सर १८, २०७८

काठमाडौं । नेपाली काँग्रेसको प्रदेश स्तरिय अधिवेशन चलिरहेको छ । प्रदेश नम्बर २ बाहेक अन्य जिल्लामा नेतृत्व चयनको लागि मतदानको प्रक्रिया चलिरहेको छ । बिभिन्न कारणले सबै जसो प्रदेशमा मतदानको प्रक्रिया भने ढिला गरि सुरु भएको छ । तर प्रदेश २ मा भने आजका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिले सम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा आज पनि अधिवेशन स्थगित गरेको निर्वाचन समितिले जनाएको छ ।


अब समितिले प्रदेश २ को लागि नयाँ मिति तोक्ने छ । काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेदवारमा नारायण मिश्र र वीरबहादुर बलायर बीचमा प्रतिस्पर्धा छ भने कर्णाली प्रदेशमा ललितजंग शाही, भूपेन्द्रजँग शाही र मोतीराज बम बीचमा प्रतिस्पर्धा हुने भएको छ । यस्तै लुम्बिनी प्रदेशमा अमरसिंह पुन र भरतकुमार शाह तथा गण्डकी प्रदेशमा शुक्रराज शर्मा र अर्जुन जोशीबीचमा प्रतिस्पर्धा हुने भएको छ । बाग्मती प्रदेशमा इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी, र भीमसेनदास प्रधानबीचमा तथा प्रदेश १ मा गुरु प्रसाद घिमिरे र उद्धव थापाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाईंको प्रतिक्रिया