यी हुन प्रेस चौतारी दाङले गरेका निर्णय
तुलसीपुर । प्रेस चौतारी दाङको बैठक आज तुलसीपुरमा बसेको छ । बैठकले चौतारी दाङको अधिवेशन पुसको पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । यस अघि मंसीर २५ गते गर्ने भनिएपनि तयारी नपुगेको भन्दै पहिलो साता गर्ने निर्णय गरेको हो । अधिबेशन आयोजक समितिका संयोजक ईन्द्र डिसीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागि सहयोग संकलन र सदस्यता नविरकणको कार्य लाईनिरन्तरता दिने निर्णय गरेको छ ।
यस्तै अधिवेशनलाई थप व्यवस्थित र आकर्षित बनाउन पुर्व सचिव बसन्त आचार्यलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी संगठनमा स्थापना भएका पुरस्कारहरुको अभिलेखिकरण गर्न सहसंयोजक प्रेमबहादुर राम्जालाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डे, जिल्ला उपाध्यक्ष हुकुम बस्नेत, उपसचिव कृष्ण प्रसाद भुषाल, संगठनका केन्द्रीय सदस्य टीका बस्नेत, पुर्व उपाध्यक्ष संगीत बस्याल लगायतको सहभागिता रहेको थियो ।
बैठकको सहजिकरण प्रेम बहादुर राम्जाले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया