एमसीसीका विरुद्धमा तुलसीपुरमा घन्कियो नारा

 मङि्सर २२, २०७८


तुलसीपुर । एमसीसी खारेजीको माग गर्दै तुलसीपुरमा आज विरोध प्रर्दशन गरिएको छ । राष्ट्रघाती एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, लिपुलेक,कालापानी हाम्रो हो ,भारतीय विस्तारवाद कालापानी छोड जस्ता नारा लगाउदै घोराहीरोड स्थित विद्युत कार्यालयबाट सुरु भएको ¥यालीले विरेन्द्रचोक हुदै बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ र क्रान्तीकारी माओवादी दाङको सयुक्त आयोजना तथा अनेरास्ववियु क्रान्तीकारी दाङ एवं क्रान्तीकारी युवा लिग नेपालको सहभागितामा विरोध प्रर्दशन भएको हो ।

क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कोणसभालाई सम्वोधन गदै जिल्ला इन्चार्ज समिर केसीले राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने माग गर्नुभएको छ । उहाले एमसीसी राष्ट्र र जनताको हितको पक्षमा नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।

सो अवसरमा देशभक्त जनगन्तान्त्रीक मोर्चा नेपाल जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरे, क्रान्तीकारी युवा लिग नेपालका केन्द्रिय महासचिव डिल बहादुर कठायत , थारु राष्टीय मुक्ति मोर्चाको महासचिब रामजित चौधरी लगाएतले बोल्नु भएको थियो । कोणसभाको सहजीकरण जिल्ला सचिवालय सदस्य तिलक बिकले गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया