दलित कोटाबाट केन्द्रिय सदस्यमा नेपालीको उम्मेदवारी
तुलसीपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज देखि सुरु हुँदैछ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । यसैक्रममा केन्द्रिय सदस्य पदका लागि दाङकी देविका नेपालीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कांग्रेसको राजनितिमा लामो समय देखि क्रियासिल नेपालीले दलित कोटाबाट सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । साथै सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुमा भोट दिई बिजयी गराउन नेपालीले अपील समेत गर्नुभएको छ ।
तपाईंको प्रतिक्रिया