नेनिकसं दंगिशरणकाे अध्यक्षमा अाचार्य, सचिवमा चाैधरी

 मङि्सर २५, २०७८


तुलसीपुर । नेपाल निजामती कर्मचारी संगठनकाे दंगिशरण गाउँपालिकामा कमिटी विस्तार गरिएको छ । नेकपा एमाले निकट कर्मचारीकाे अाज सम्पन्न भएको प्रथम भेलाले लेखनाथ आचार्यकाे अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरिएको हाे । जस्काे उपाध्यक्षमा अनन्त चाैधरी, सचिवमा प्रेम प्रकाश चाैधरी, काेषाध्यक्षमा पबित्रा के.सी रहनुभएकाे सचिव प्रेम प्रकाश चाैधरीले जानकारी दिनुभयो ।

नवगठित कार्य समितिकाे सदस्यहरूमा प्रशम्शा गिरि,सरु भुषाल,दामोदर शर्मा लगायत रहुनुभएकाे छ । भेलाले सदस्यता वितरण तथा नवीकरण लाई तिब्रता दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया