रेडियो राप्ती १५ औँ बर्षमा प्रवेश
तुलसीपुर । सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज आज देखी १४ बर्ष पार गर्दै १५ औँ बर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले १४ बर्ष पुरा गरेको अवशरमा आज बार्षिकोत्सव मनाउने तयारी गरेको छ । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. ले आफ्नो प्रशारण शुरु गरेको १४ बर्ष पुरा गरि १५ औँ बर्षमा प्रवेश गरेको अबशरमा आज आइतवार रेडियो परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो । आज दिउसोँ २ वजे रेडियो परिशरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् ।
नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिनुभयो । उहाँले रेडियोलाई यहाँसम्म ल्याउन सहयोग गर्ने स्रोता, बिज्ञापनदाता, साझेदारी निकाय लगाएत सबैप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ ।
तपाईंको प्रतिक्रिया