नुहाउने क्रममा तलाउमा डुबेर एक जनाको मृत्यु

 मङि्सर २८, २०७८

बाँके । नुहाउने क्रममा तलाउमा डुबेर एक जनाको बाँकेमा मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ बस्ने भारत घर भएका ६० वर्षीय रामसुरत मगताको डुबेर मृत्यु भएको जनाएको छ ।

स्थानीय ईन्द्रपुरस्थित सार्वजनिक तलाउमा नुहाउने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले बताएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया