सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु

 मङि्सर २८, २०७८

तुलसीपुर । रोल्पाबाट रुकुम जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सल्यानसँग सिमाना जोडिएको रोल्पा गंगादेव गाउँपालिकाको डल्सिङ्गेबाट रुकुम झुल्नेटातर्फ जाँदै गरेको रा १ त १६९८ नम्बरको ट्याक्टर सल्यान बागचौर नगरपालिका १२ धुराखर्कमा अाज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते बनेका गंगादेव गाउँपालिका ४ गैरानेटाका ४८ वर्षीय ट्याक्टर धनी समेत रहेका चालक गंज बहादुर डाँगीको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्याक्टर के कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया