आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन जारी
काठमाडौं । नेपाल बार एशोसिएशनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
न्यायलयको शुद्धिकरणका लागि प्रधानन्यायधिश राणाको राजीनामा आउनुपर्ने भन्दै नेपाल बारको अगुवाईमा प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । बारले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
तपाईंको प्रतिक्रिया