श्रीमणी स्मृति दिवसको तयारी तिब्र, महासचिव पोखरेलले सम्बोधन गर्ने

 पुष ०१, २०७८

तुलसीपुर । दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको १४औ स्मृति दिवस पुष ३ गते मनाईदै छ । नेकपा एमाले क्षेत्र नम्बर ३ को आयोजनामा मनाउन लागिएको कार्यक्रमको तयारी तिव्र पारीएको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागी विभिन्न वडाहरुमा भेटघाटलाई एमालेले तिव्र पारेको छ । एमाले दशौं महाधिबेशनबाट महासचिवमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आउन लाग्नुभएका शंकर पोख्रेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई भव्य बनाउन एमाले लागि परेको छ ।

उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को अमर माबीको प्राङ्गणमा हुने क्षेत्र नम्बर ३ का ईन्चार्ज मान बहादुर रावतले जानकारी दिएका छन । कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको रावतले जानकारी दिएका छ्न । सोहि कार्यक्रममा अन्य पार्टी बाट सयौं नेता कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गर्ने र एक सय जनालाई सम्मान गर्ने कार्यक्रम रहेको समेत ईन्चार्ज रावतले जानकारी दिएका छन ।


आचार्य कम्युनिष्ट आन्दोलनका एउटा उज्जवल ताराका रुपमा परीचित थिए । आचार्य सधै जनता र राष्टको बारेमा मात्र सोच्ने उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । प्राय गरीव दुखिको महलमा रम्न खोज्ने आचार्यलाई विपक्षीले समेत उत्तिकै रुचाउने गर्दथे ।

सरकारी जागीर समेत छोडेर राजनीतिमा होमिएका आचार्यको दैनिकी अत्यन्तैै सरल थियो । २०४९ सालमा स्थानीय निकायको निर्वाचनका लागी उनले शिक्षक पेशा छाडेका थिए । २०५१ सालको मध्यावधी निर्वाचनको समयमा विजौरी हत्या काण्डमा गोली लागेर उनी घाईते भएका थिए । उनको २०६४ पुस ३ गते उपचारको क्रममा काठमाडौमा निधन भएको थियो ।।

तपाईंको प्रतिक्रिया