समृद्धि नचाहनेहरु नै एमाले विरुद्ध मोर्चाबन्दी गरे: महासचिव पोखरेल
तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमालेको नेतृत्वबाट नै देश समृद्धिको दिशामा अघि बढ्ने बताउनुभएको छ । नेकपा एमाले दाङ क्षेत्र नम्वर ३ ले दंगाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा जनताका प्रिय नेता श्रीमणी आचार्यको १४औँ स्मृति दिवसका अवसरमा उरहरीमा आयोजित स्मृति सभा लाई सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताउनुभएको हो ।
विकास र जनताको जिवनमा हुनेपरीवर्तन एमालेको नेतृत्वबाट मात्रै सम्भव हुने बताउनुभएको थियो । यदी एमालेको सरकार बन्छ भने मुलुक समृद्धीको बाटोमा समाजबाद आउछ, कांग्रेसको सरकार बन्यो भने देश पुजीवाद तर्फ अघि बढ्छ पोख्रेलले भन्नुभयो । पोखरेलले समृद्धि नचाहनेहरु नै एमाले विरुद्ध मोर्चाबन्दीमा लागेको बताउनुभयो ।
देश र जनताको समृद्धिका लागी पाटीलाई बलियो शक्तिका रुपमा स्थापित गनुपर्नेमा पोख्रेलको जोड दिनुभयो । समृद्धिको बाधकहरु बाट नै एमाले प्रति घेराबन्दी भएकोले परीवर्तन विरोधीलाई चुनावको माध्यमबाट जनताले प्रहार गर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वर्गिय श्रीमणी आचार्यकि धर्मपत्नी माया आचार्यले घरको अभिभावक गुमाएपनि पार्टीलाई अभिभावकको रुपमा पाएको बताउनुभयो । घरपरिवार त्याग गरी पाटीको काममा निरन्तर लागेको बताउदै उहाले पाटी प्रतिको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । एमाले दाङ क्षेत्र नम्वर ३ का संयोजक भिम बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एमालेमा प्रवेश गर्नुभएका विवेक चौधरीले जनभावना बुझने पाटी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो ।
अन्य दलमा राजनितिक स्वार्थ हावी भएको हुदा आफुले विचार विकेन्द्रित गरी एमालेमा प्रवेश गरेको बताउनुभयो । एमाले दाङ निर्वाचन क्षेत्र नम्वर ३ का पाटी ईन्चार्ज मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रवक्ता तथा पाटीका नगर ईन्चार्ज श्याम डाँगीले गर्नुभएको थियो । कार्यक्रममा ३ नम्वर क्षेत्र अन्र्तगत तुलसीपुर, बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्निगर गाउँपालिकाको गाउँगाउँबाट नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
यसैविच श्रीमणी आचार्यको १४औँ स्मृति सभा कार्यक्रममा विभिन्न पाटी परित्याग गरी पाँच सय भन्दा बढि संख्यामा एमालेमा प्रवेश गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ अन्र्तगत चार पालिकाका ३६ वटा वडाबाट विभिन्न पाटी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगाएतका विभिन्न दल त्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पाटीका महासचिव शंकर पोख्रेल, पाटीका केन्द्रिय सदस्य नरुलाल चौधरी,घनश्याम पाण्डे लगाएतले टिका लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । यस्तगरी विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । आचार्यका तत्कालिन सहकर्मी, सहयात्री, शुभचिन्तक गरी एक सय बढिलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
तपाईंको प्रतिक्रिया