एमाले महासचिव पोखरेलले भने- ‘गठबन्धन सरकार संग कुनै दृष्टिकोण छैन’

 पुष ०५, २०७८

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समाज रुपान्तरणका लागी पत्रकारहरुले सहि सुचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी दाङ शाखाको ९औँ जिल्ला अधिवेशनलाई घोराहीमा उदघाटन गदै उहाले पत्रकारहरु राष्ट्रको चौथो अंग भएकाले जनतालाई सहि सुचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रसंगमा देश विकासको लागी नभई स्वार्थका लागी गठबन्धन बनेको बताउनुभएको थियो । राष्टियताको सवाल देखि लिएर विकास निर्माणमा गठबन्धनको सरकार संग कुनै दृष्टिकोण नै नभएका उहाकोे टिप्पनी थियो । सो अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेस बस्नेतले पत्रकारहरुले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी दाङको ९ औँ अधिवेशन आयोजक समितिका संयोजक ईन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष माधव नेपाल, राष्ट्रिय सभा सदस्य कोमल वली, एमाले केन्द्रिय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेकपा एमालेका पोलिटव्युरो सदस्य सुर्य थापा,प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन,एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस युनियनका सन्तोष सुवेदी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा लगाएतले बोल्नु भएको थियो ।

अधिवेशन आयोजक समितिका सदस्य सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसंयोजक प्रेम राम्जाले गर्नुभएको थियो । सो अवसरमा
दाङको रेडियो प्रकृति, राप्ती पोष्ट र राजमार्ग अनलाईनलाई चौतारी संचार सम्मानपत्र प्रदान गरेको छ । यस्तैगरी पत्रकारहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।।

तपाईंको प्रतिक्रिया