सर्जन परियार द्वारा केन्द्रिय सदस्य पद बाट राजिनामा

 पुष ०६, २०७८

तुलसीपुर, ६ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङका संयोजक सर्जन परियारले केन्द्रिय सदस्य पदबाट राजीनामा दिनु भएको छ । केन्द्रिय सर्कुलर अनुसार यहि पुस २२ गते सम्म जिल्ला सम्मेलन गर्नु पर्ने भएकाले आफुले केन्द्रिय सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाले मंगलवार केन्द्रिय कमिटिका अध्यक्षको नाममा सम्बोधन गदै लेखेको पत्रमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

दाङ जिल्ला कमिटिको सम्मेलनको संयोजक भएको हुदा एक व्यक्ति एक पदको निति अनुसार आफुले केन्द्रिय सदस्यबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । आफु जिल्ला संयोजक भएर जिम्मेवारी बहन गर्दा भुगोलका क्याम्पस, स्थानिय तहमा संगठन विस्तार अभियानलाई जारी राखेको उहाले उल्लेख गर्नुभयो ।

तपाईंको प्रतिक्रिया