सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

 पुष ०६, २०७८

काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ । सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैं छिन् भने अर्का न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन् ।

जबराको राजीनामा माग गर्ने बैठकमा न्यायाधीश मल्ल उपस्थित भएर हिँडेकी थिइन् र बाँकी बैठक उपाध्यक्ष तुलसी भट्टको नेतृत्वमा बसेको थियो । बैठकले विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको, न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ठहर गरेको छ । न्यायिक नेतृत्वका लागि न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण र व्यवहारको समेत अभाव भएकाले जबरा न्यायिक नेतृत्व गर्न असफल भएको सार्क ल नेपालको निष्कर्ष छ ।

तपाईंको प्रतिक्रिया