आज यी स्थानमा हुदैछ बर्षा

दाङ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना रहनुभएका साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
हाल विहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तपाईंको प्रतिक्रिया