यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

 असार २१, २०७९

काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम किसिमको वर्षा हुने विभागले जनाएको छ। आज बिहान गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार बागमती प्रदेशका केही स्थानहरुमा पनि बिहान मध्यम वर्षा भएको छ ।

तपाईंको प्रतिक्रिया