काठमाडौंको कपनस्थित आकाशेधारामा महिलाको शव फेला

 असार २१, २०७९

काठमडौं। काठमाडौंको कपनस्थित आकाशेधारामा एक जना महिलाको शव फेला परेको छ । बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने ६४ वर्षीया सबिता गिरी खड्काको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको एउटा आँखामा निलडाम जस्तो देखिएको छ। ‘कोठामा खाटमा लडिरहेको अवस्थामा फेला परेको हो,’ मैनालीले भन्नुभयो, ‘केही समयअघि मात्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। बेलुकी आठ बजेतिर मात्र हामीलाई खबर आएको हो।’मृतकको शव पोस्टमर्टमका लागि लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक मैनालीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईंको प्रतिक्रिया