राप्ती नदिमा बगेर एक पुरुषको मृत्यु

 असार २३, २०७९

भालुवाङ । देउखुरीमा नदीले बगाउँदा एक पुरुषको ज्यान गएकाे छ । ज्यान जानेमा राप्ती गाउँपालिका—४, मौरीघाट निवासी अन्दाजी बर्ष ४२ का शंकर चौधरी रहेकाे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आज दिउँसो हँसिया, खुर्पा र फरुवामा आरन लगाउन गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइकी छिन् ।

मृतक चौधरीकाे शव सिसहनियाँ—महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल मुनि फेला परेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र ईलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले मृतक चौधरीको शब नदीबाट निकालेको थियो ।

शब पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । पोष्टमार्टम पछि शब आफन्तको जिम्मा लाइने प्रहरी निरीक्षक केसीले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया