यस्तो छ आजको मौसम

 असार २४, २०७९

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि यीनै प्रदेशमा पानी पर्ने सम्भावना बढी छ भने राति प्रदेश १ र मधेसका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना देखाउँदै बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

तपाईंको प्रतिक्रिया