कमिटि बिस्तारलाई तिब्रता दिदै अनेरास्ववियु
तुलसीपुर । अनेरास्ववियुले विद्यालय तथा कलेजहरुमा कमिटि बिस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा तुलसीपुर मेट्रो कलेजमा ५१ सदस्यीय कमिटि विस्तार गरेको अनेरास्ववियुले जनाएको छ । नवगठित कमिटीको अध्यक्षमा सन्दिप मल्ल ,उपाध्यक्षमा प्रमोद चौधरी ,सचिवमा चेतना डागि ,सहसचिवमा कृष्णा खड्का र रोहन बुढा,मनिषा भण्डारी रहेका छन ।
यस्तै कोषाध्यक्षमा ओम प्रकाश उपाध्याय , महिला बिभाग प्रमुखमा सनम नेपाली , खेलकुद बिभाग प्रमुखमा बिकास मगर , संगठन विभाग प्रमुखमा तारा कवर , अनुसासन विभाग प्रमुखमा सुजन घर्ती मगर रहेका छन । उक्त कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य एब दाङ इन्चार्ज बिरवल खड्का ,विशिष्ट अतिथि केन्द्रीय सदस्य एबं दाङ सहइन्चार्ज प्रकाश शर्मा,नेताहरु रविन वलि , डिआर भण्डारी , प्रदिप बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण रबिन्द्र डागिले गर्नु भएको थियो ।



तपाईंको प्रतिक्रिया