एमाले महासचिव पाेखरेल तुलसीपुर आउदै,यस्तो छ तयारी
तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पाेखरेल तुलसीपुर आउन लागेका छन । नेकपा एमाले तुलसीपुरले आयाेजना गरेको बृहत पाटी प्रशिक्षण कार्यक्रम लाई सम्बाेधन गर्न पाेखरेल तुलसीपुर आउन लागेका हुन । साउन १८ गते तुलसीपुर ९ दोघरेमा बिहान ११ बजे हुने कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न नगर कमिटीको सोमबार तुलसीपुरमा बैठक बसेकाे छ ।
पार्टीका केन्द्रिय महासचिव पोख्रेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई भब्यरुपमा सफल बनाउने गरि विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको छ । कार्यक्रममा तुलसीपुरका १९ वटै वडा बाट कम्तीमा ५० जनाका दरले नेताकार्यकर्तालाई सहभागी गराउने,पाटिका हरेक भातृसस्थाले कम्तीमा १०० जनाका दरले नेताकार्यकर्तालाई सहभागी गराउने गरि जिम्मेवारी दिईएको छ ।
नगर कमिटीका अध्यक्ष माधब ओलिको अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य घनस्याम पान्डेले उक्त दिन तुलसीपुरमा पन्ध्र सय नेताकार्यकर्ता उतार्ने गरि तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएका थिए छ । उनले पछिल्लो समय गठबन्धन सरकारले गरेका जनबिरोधी कामको भन्डाफोर गर्ने गरि प्रशिक्षण कार्यक्रमलाई व्यापक बनाउन आग्रह गरेका थिए । अहिलेको सरकार बढ्दो महङ्गी ,भ्रष्टाचार र रास्टघाती गतिविधि तर्फ लिप्त भएकाले अब खबरदारी गर्नुपर्ने उनले बताए । सो अबसरमा नगर इन्चार्ज मान बहादुर रावतले कार्यक्रमलाई सफल बनाउनका लागि नेताकार्यकर्ताको जिम्मेवारी बाडफाड बारे प्रकाश पारेका थिए । बैठकको सहजीकरण नगर सचिब रुप बहादुर खत्रीले गरेका थिए ।




तपाईंको प्रतिक्रिया