दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला

 असोज ०१, २०७९

काठमाडौं । यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको छ ।

यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया