संंविधान दिवसका अवसरमा उपमहानगरमा दीप प्रज्ज्वलन

 असोज ०३, २०७९


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संंविधान दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले संविधान कार्यान्वयनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधानले
निर्देशित गरेका स्थानीय सरकारका अधिकारलाई ऐन कानुन निर्माण गरेर कार्यान्वयनमा लगिएको बताउनुभयो ।

नगरप्रमुख खड्काले जनताको प्रत्यक्ष जीवनसंग सरोकार राख्ने सरकार स्थानीय सरकार भएकाले आधारभूत आवश्यकता
स्वास्थ्य,,शिक्षालाई उपमहानगरबाट पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजान थालिएको बताउनुभयो ।

उपप्रमुख स्यानी चौधरीले संविधान कार्यान्वयनमा नगरवासीकोका महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले संविधानले स्थानीय तहलाई दिएको २२ वटै अधिकारलाई ऐन कानुन निर्माण गरेर कार्यान्वयनमा लगिएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडलले नेपालमा संविधान
निर्माणको इतिहासदेखि वर्तमान संविधानका विषयवस्तु बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सूचना अधिकृत बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया