नगर युवा परिषद् तुलसीपुरको उपाध्यक्षमा डाँगी

तुलसीपुर । नगर युवा परिषद तुलसीपुरको उपाध्यक्षमा रविन्द्र डाँगी नियुक्त भएका छन । उनलाई भदौ १७ गतेकाे कार्यापालिका बैठकले उपाध्यक्षमा नियुक्त गर्ने गरेकाे थियाे ।
तुलसीपुर १० निवासी डाँगीलाई नगर युवा परिषद् सञ्चालन कार्यविधि अनुसार कार्य गर्न भन्दै असाेज १ देखि लागू हुने गरि आज नियुक्ति दिईएकाे हाे । त्यस अवसरमा नगर प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत माेहन पाैडेल, प्रबक्ता माधव ओलि लगायतको सहभागीता थियोे ।
उनकाे पारिश्रमिक र सेवा सुविधा कार्यविधिकाे परिच्छेद ७ काे दफा २० उपदफा (२) बमाेजिम हुने उल्लेख गरिएको छ ।
तपाईंको प्रतिक्रिया