आगलागीमा परि एक जनाको मृत्यु

तुलसीपुर । काठमाडौंकाे कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन । मृतकको पहिचान खुलेको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।
तपाईंको प्रतिक्रिया