तुलसीपुर -४ मा बन्याे शवदाह गृह र प्रतिक्षालय भवन

 मङि्सर १२, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ साङटेखोलामा मलामी प्रतिक्षालय भवन र शवदाह गृह निर्माण भएको छ । सुकिदह सामुदायिक वन उपभोक्ता समुहले आन्तरिक कोषबाट केहि रकम लगानी र तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित बजेट तथा विभिन्न सहयोगीदाताहरुको सहयोगमा मार्फत प्रतिक्षालय भवन र शवदाह गृह निर्माण गरेको समुहका अध्यक्ष मन्सराम डाँगीले जानकारी दिनुभयो ।उहाका अनुसार २०७८ फागुन २७ गतेदेखी सुरु गरिएको निर्माण कार्य २०७९ कात्तिक तेस्रो हप्ता सम्पन्न भएको हो । सामुदायिक वनबाट दुई लाख ५४ हजार , तुलसीपुर उपमहानगरपालिका कार्यालयबाट ४ लाख ६८ हजार १८५ रुपैया, स्थानिय उपभोक्ता जनश्रमदानबाट दुई लाख ७ हजार ६० गरी जम्मा नौ लाख २९ हजार २४५ रुपैया लागतमा निर्माण गरिएको उहाले जानकारी दिनुभयो । यस्तैगरी मिश्रीलाल पुनले ३५ बोरा सिमेन्ट, अर्जुन घर्तिले एक टिप बालुवा र एक टिप गिट्टी र चन्द्र बहादुर घर्तिले ८ टिप ढुङगा सहयोग गर्नुभएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । वनको आफनै कोषबाटको केहि रकमले मलामी प्रतिक्षालय बनाउने उद्देश्यका साथ सुरु गरेको भएपनि स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट आबश्यक बजेट विनियोजन भएपछि शवदाह गृह समेत निर्माण गरिएको उहाले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट बजेट विनियोजन गर्नुमा निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा र स्थानिय समाजसेवी दोलक खत्रीको विशेष पहल रहेको भन्दै उहाले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । यस्तैगरी उक्त सामाजिक कार्यमा सहयोग गर्ने उपभोक्ता,सहयोगीदाता लगाएत साथ र सहयोग गर्ने सबै प्रति धन्यवाद दिदै उहाले साङटेखोला घाटमा अति आबश्यक भएको र बर्षौ देखीको चाहाना अहिले आफनो कार्यकालमा पुरा भएको बताउनुभयो । साङटेखोला घाटमा मलामी विश्राम गृह र शवदाह गृह नहुदा बर्षातको समयमा बाढिको त्रास र हिउँदको समयमा गर्मिको समस्या हुने गरेको थियो । अब त्यो समस्या टरेको समुहका अध्यक्ष डाँगीले बताउनु भएको छ । साङटेखोलामा बर्षातको समयमा मलामीहरु ओत लाग्ने ठाउँ थिएन,चिता जलाउदा जलाउदै बाढिले बगाउने डर हुन्थ्यो, अब कुनै समस्या छैन उहाले भन्नुभयो,यस क्षेत्रका बासीन्दालाई धेरै सहज हुने भएको छ ।

धेरै मेहेनत र सवैको साथ सहयोगले सुविधा सम्पन्न प्रतिक्षालय र शवदाह गृह निर्माण भएको हुदा यसलाई संरक्षण तथा रेखदेख गर्नु सवैको दायीत्व भएको उहाले बताउनुभयो । साङटेखोला घाट साविक हलवार गाविस वडा नम्वर ७ अन्र्तगत लामीदमार, छोटीदमार, सुकिदह, भेरीखोर लगाएतका स्थानियले प्रयोग गर्दै आएका छन् । वन समुहको कार्यवाहक अध्यक्ष डाँगीलाई तुलसीपुर ४ मा रहेको सुकिदह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मन्सराम डाँगीले कोषाध्यक्ष रमेश डाँगीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु भएको छ । आफु बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर जान लागेको भन्दै समुहका कोषाध्यक्ष डाँगीलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरेको उहाले बताउनुभयो ।
वन समुहका पदाधिकारीको कार्यअवधी समेत सकिएकाले यहि मंसीर १० गते शनिवार साधारण सभा तथा अधिवेशनको आयोजना गरे पनि विशेष कारणबस स्थगित भएपछि सोहि दिन पदाधिकारीको बैठक राखेर कोषाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिने निर्णय गरेको उहाले बताउनुभयो । पदाधिकारी सवै संग छलफल गरी सवैको सहमतीमा साधारण सभाको अर्को मिति सम्मका लागी हाल कोषाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको उहाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया