एमालेकी भगवति चौधरीले लिईन हारको बदला

 मङि्सर १३, २०७९

काठमाण्डाै । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी हुनुभएकाे छ । अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याउनुभयाे । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभयाे । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयाे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएकाे छ । यसअघि २०७० र २०७४ काे चुनावमा चाैधरीलाई झिनाे मतले पराजित गर्नुभएका गच्छदार यस पटक भने आफू पराजित हुनुभयाे ।

तपाईंको प्रतिक्रिया