भारतबाट घटेर आयो इन्धनको मूल्य

 मङि्सर १५, २०७९

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले बतायो । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको प्राप्त भएको छ भने पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ ।

यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी रहेको रहेको निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया