दंगीशरणका महिलालाई ढकिया बनाउने तालिम


तुलसीपुर । परम्परागत सीप हस्तान्तरणका लागि ढकीया बनाउने तालिम सुरु भएको छ । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा दंगीशरण २ काैवाघारिमा तालिम सुरु भएको हाे । एक साता सम्म सञ्चालन हुने तालिममा १४ जना महिलाकाे सहभागीता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा ग्रिन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले हस्तनिर्मित वस्तुहरुको जगेर्ना गर्दै थारु महिलाहरुलाई ब्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भएको थियो । यस्ता तालिमले परम्परागत सिपकाे विकास हुने र आत्मनिर्भर बन्न सहज हुने पाण्डेले बताउनुभयो ।
कार्यक्रममा उद्यम विकास अधिकृत प्रेम सुबेदिले महिलाहरु आफ्नो क्षमताबृद्धि गर्न र अरु काम सँगसँगै उद्यमी बन्न उत्तिकै अग्रसर हुन जरुरी रहेको बताउनुभएको थियो । आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईया, ढकीया, डेलवा, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरक्षणका लागि ढकीया बुनाई तालिम सुरु भएको ग्रिन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार रावतले जानकारी दिनुभएकाे छ ।
तपाईंको प्रतिक्रिया