गिनिज बुकमा रेकर्ड राखेका परियार सम्मानित

 पुष १२, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राणागाउँका ३१ वर्षिय ऋषि परियारलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले परियारलाई सम्मान गरेको हो । पालिकाले गिनिज बुकमा रेकर्ड कायम गरेको र उल्टो पदयात्राबाट पालिकाको परिचयलाई विश्वसामु पु¥याएको भन्दै सम्मान गरेको हो ।

उहाँलाई नगद,प्रमाणपत्र सहित सम्मान गरिएको हो । नगरप्रमुख टीकाराम खड्काले सम्मान गर्नुभएको हो । सम्मान गर्दै नगरप्रमुख खड्काले परियारको प्रतिभाले तुलसीपुरलाई विश्वसामु परिचय दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । परियारले २०७८ साल माघ १५ गतेदेखि मेची पुलबाट उल्टो पदयात्रा सुरु गर्नुभएको थियो । उहाँले ६५ दिनमा एघार सय १४ किलोमिटर उल्टो पदयात्रा सम्पन्न गर्नुभएको हो ।

उहाँले गिनिज बुकमा दुई वटा काममा विश्व रेकर्ड कायम गर्नुभएको । उहाँले २९ सेकेन्डमा एक लिटर पानी पिएर एउटा रेकर्ड कायम गर्नुभएको छ भने एक मिनेटमा एक सय २३ पटक जम्प गर्नुभएको छ । परियारले दुई वटा खुट्टा माथिए बनाएर दुई हातले मात्रै दुई किलोमिटरसम्मको यात्रा पूरा गर्न सक्नुहुन्छ ।

तपाईंको प्रतिक्रिया