छर्कट्टामा दुना टपरी बनाउँने तालीम शुरु

 पुष १७, २०७९

तुलसीपुर । दंगीशरण गाउपालिका १ छर्कट्टामा दुना टपरी बनाउँने तालीम आज देखि शुरु भएको छ । ग्रीन फाउण्डेसन नेपाल दाङ र  समृद्ध समाज दाङको आयोजना तथा     दंगीशरण गाउँपालिकाकाे समन्वयमा  संचालीत तालीम पाँच दिन सम्म चल्नेछ । गाउँका महिलाहरुलाई सिर्जनशिल तथा सिप सिकाई उत्पादनमूखी बनाउँने उद्धेश्यले तालीमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँघरमै पाईने वस्तुलाई सदुपयोग गरि उधमशिल बन्न सक्ने भन्दै सिकेको सिपलाई ब्यवहारमा लागु गर्नुपर्ने बताएका थिए ।

ग्रीन फाउण्डेसन नेपालका कार्यक्रम संयोजक दिपक परियारको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आतीथ्यतामा उद्घाटन भएको कार्यक्रममा ग्रीन फाउण्डेसन दाङका सचिव सुरेस रावत, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी,समृद्ध समाज दंगीशरणकि अध्यक्ष दिल कुमारी विक लगाएतले बोल्नुभएको थियो ।

मिलीजुली समुहकि मिना चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण समृद्ध समाजकि सुनीता चौधरीले गर्नुभएको थियो । तालिममा २५ जनाकाे सहभागीता रहेको छ ।

तपाईंको प्रतिक्रिया