तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघको साधारणसभा पुस २३ मा

 पुष २१, २०७९

तुलसीपुर । तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघको   १४औं साधारणसभा यहि पुस २३ गते शनिबार हुन लागेको छ ।  साधारणसभा सम्पन्न गर्नको लागि कार्यसमितिको  तयारी बैठक आज बसेकाे छ ।  संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता एवं नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक बसेकाे हाे  । त्यस अवसरमा  साधारणसभाको तयारी पूरा भएको  अध्यक्ष बिकले जानकारी दिनुभयो ।

साधारणसभाको तयारीको बारेमा बैठकमा जानकारी गराउदै उहाले प्रमुख अतिथी,बिशिस्ट अतिथि र अन्य अतिथीलाई आमन्त्रणका लागि पत्राचार गरिसकेको समेत  बताउनु भयो । सोही अबसरमा प्रमुख अतिथी श्रेष्ठले ब्यबस्थित तरिकाले साधारणसभा सम्पन्न गर्न सुझाव दिदै सबै जिम्मेवार बन्न आग्रह गर्नुभयो । सुनचाँदी ब्यबसायीहरुको पर्व भएकोले साधारणसभालाई सफल बनाउन सबै जिम्मेवार बन्नुपर्नेमा उहाले जोड दिनुभयो ।

वैठकमा  संघका महासचिव तुलसिराम सुनार र कोषाध्यक्ष पुष्कर सुनारले प्रस्तुत गरेको सागठनिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदनलाई साधारणसभामा लैजाने गरि पारित गरेको छ । बैठकको सहजीकरण महासचिव सुनारले गर्नुभएको थियो । शनिबार बिहान ८ बजे वेष्टर्न पार्टि प्यालेसमा हुने साधारणसभामा प्रमुख अतिथिका रुपमा महासंघका केन्द्रिय अध्यक्ष मणिक रत्न शाक्यलाई आमन्त्रण गरिएको छ ।

तपाईंको प्रतिक्रिया