सुन वितरणकाे काेटा प्रणालीकाे अन्त्य हुनुपर्छ: केन्द्रीय अध्यक्ष शाक्य

 पुष २३, २०७९

तुलसीपुर ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्दीय अध्यक्ष माणिक रत्न शाक्यले सुन वितरणकाे काेटा प्रणालिकाे अन्त्य हुनुपर्ने बताउनुभएकाे छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघको १४औँ वार्षिक साधारणसभाको शनिबार आज उद्घाटन गर्दै अध्यक्ष शाक्यले यस्ताे बताउनुभएकाे हाे । उहाले काेटा प्रणालिले काठमाण्डाै उपत्यका बाहेक बाहिर जिल्लाका व्यवसायि समस्यामा परेकाे बताउनुभएकाे हाे । साथै उहाले  सुनका नेपाली गरगहना विश्वमा छरिएर रहेका नेपालीमाझ पुर्‍याउनसके आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

अध्यक्ष शाक्यले नेपाली गरगहना बनाउन विदेशी कालिगड ल्याउनुपर्ने अवस्थाको चाँडै अन्त्य गर्न महासंघले कालिगड उत्पादनमा जोड दिएको बताउनुभयो । नेपाली गरगहना बनाउन विदेशीको भर पर्नुपर्ने तर रोजगारीका लागि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि उहाँले सिटिईभिटी मान्यताप्राप्त प्रमाणपत्र कालिगड उत्पादनको प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।

संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभाको उदघाटन गरिएको हो । त्यस अवसरमा निवर्तमान स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले बैंकको व्याजदर वृद्धिले व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले सरकारले कालिगडलाई आवश्यक तालिम प्रदान गर्न आवश्यक बजेट निर्माण गर्नुपर्ने

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सुदिप श्रेष्ठले कच्चापदार्थको आपूर्तिमा दिर्घकालिन समाधान आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतले राज्यले व्यवसायीको सुरक्षाको प्रत्याभूत दिलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सुनका गरगहना बनाउने कालिगडलाई तालिम प्रदान गर्न नगरले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे,चेम्वर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरि, सरसफाई अभियन्ता  अध्यक्ष बिमल रिजाल,   इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकराज स्वणर्का,धुर्व राज गहतराज, मानव अधिकार तथा शान्ति समाज दाङका उपसभापति कमल डाङी ,नेपाल अडिटर एसोसिएसन जिल्ला अध्यक्ष ललित घर्ती लगायतले मन्तव्य राख्नुभएको हो ।

उपाध्यक्ष इन्द्रविर डागिकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा साधारण सभा सम्पन्न गर्न सहयाेग गर्ने व्यवसायिहरु मदन कुमार केसि,लाेकराज स्वर्णकारलाई प्रमाण पत्र सहित सम्मान गरिएकाे थियाे । यस्तै, लामाे समय देखि प्रेस सल्लाहकारका रुपमा काम गर्नुभई हाल कार्यपालिका सदस्यमा निर्वाचित लक्ष्मण विश्वकर्मालाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे । यस्तै विभिन्न समयमा चोरी भएका पसल कामना सुनचाँदी पसल,दङ्गाली सुनचाँदी पसल र बिक्रम सुनचाँदी पसललाई राहत स्वरुप आर्थिक सहयोग गरिएको थियाे । साथै  संघको कार्यालय सचीव रामचरण गुप्ता लगाएतलाई सम्मान पत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।


सभामा महासचिव तुलसिराम सुनारले साङ्गठनिक र काेषाध्यक्ष  पुस्कर  सुनारले आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे  कार्यक्रमको सहजीकरण पत्रकार बसन्त परियारले गर्नुभएकोे हो ।

तपाईंको प्रतिक्रिया