रुण्टीगढीमा टिमुरकाे अचार बनाउने तालीम सुरु

 पुष २४, २०७९

तुलसीपुर । राेल्पाकाे रुण्टीगढि  गाउपालिकामा टिमुरकाे अचार बनाउने तालिम सुरु भएकाे छ ।  स्थानीय उत्पादनलाई थप प्राेत्साहित गर्दै उद्दमशिलता विकास गर्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे हाे ।   ग्रिन फाउन्डेसन नेपालकाे आयाेजना तथा गाउपालिकाकाे समन्वयमा आज देखि सुरु भएकाे तालिम ४ दिन सम्म सञ्चालन हुने छ  ।

फेकोफन लुम्बिनी प्रदेश सदस्य देबेद्र परियारकाे अध्यक्षता तथा गाउपालिकाका उपाध्यक्ष सरिता केसीकाे प्रमुख आथित्यता एवं प्रमुख प्रशासकीय अधिकृत रेमन्त डागीकाे विशिष्ठ आथित्यमा तालिमकाे उद्घाटन गरिएकाे छ ।   त्यस अवसरमा ६ नम्बर वडा अध्यक्ष  घन बहादुर घर्ती , ५ का अध्यक्ष गाेविन्द डागि , ७ का अध्यक्ष टेकलाल पुन, ग्रीन फाउन्डेसन नेपालका सचिव सुरेश कुमार रावत लगायतले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन कार्यक्रम संयाेजक दिपक परियारले गरेका थिए ।

तालिममा विभिन्न सामुदायिक वनका १८ महिला उपभाेक्ताकाे सहभागिता रहेकाे छ । तालिमकाे प्रशिक्षकमा आर्जन गौतम रहेका छन ।

तपाईंको प्रतिक्रिया