जन्तीढुङ्गालाई पर्यटकिय स्थल बनाउन अभियान चलाईने

 पुष २९, २०७९

तुलसीपुर । तुलसीपुर -१३ तुहिरनियापुरमा रहेकाे जन्ती ढुङ्गालाई जिल्लाकै नमुना पर्यटक स्थलको रुपमा विकास गर्न अभियान सञ्चालन गरिने भएको छ । पछिल्लो समय पर्यटकको बाक्लो उपस्थिति हुन थाले पछि झाक्रीढुङ्गा सामुदायिक वन उपभोक्ता समिति र जन्तीढुङ्गा संरक्षण समितिले जन्ती ढुङ्गाको संरक्षण र सम्वद्र्धन गर्न अभियान सञ्चालन गर्ने भएका हुन् ।

अभियान अन्तर्गत जन्ती ढुङ्गाको प्रचार—प्रसाच,पर्यटकलाई गनतव्यसम्म पुग्न बाटो निर्माण, खानेपानी व्यवस्थापन भौतिक संरचना निर्माण लगायतका कार्यहरु अघि बढाईने छ । त्यसका लागी तीनै तहका सरकारसंग बजेट माग गर्न पहल गर्ने गरिने छ ।
सोही अनुरुप झाक्रीढुङ्गा सामुदायिक वन उपभोक्ताले बिहिबार विभिन्न सरोकारवालाहरुसंग छलफल गरेको छ ।

कार्यक्रममा वोल्दै संरक्षण समितिका अध्यक्ष हुम बहादुर नेपालीले जन्ती ढुङ्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरु गुरु योजना सहित अघि बढ्ने वताए । जन्तीढुङ्गा तुही उपत्यकाको मात्र नभई जिल्लाकै पहिचानसंग जोडिएकाले यसलाई पर्यटन क्षेत्रको रुपमा विकास भौतिक संरचनाका साथ आफुहरु अघि बढ्ने बताए । समाजसेवी जागेश्वर वलीले ऐतिहासिक महत्व बोकेको जन्ती ढुङ्गाको विकासमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने वताए । उनले खास गरी स्थानीय सरकारले पर्यटन क्षेत्रको पहिचान गरी लगानी गर्नु पर्ने वताए ।

छलफल कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहनलाल पौडेलले जन्ती ढुङ्गालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले सहयोग गर्ने वताए । उनले जन्ती ढुङ्गालाई पर्यटन क्षेत्र बनाउनको लागी के कस्ता भौतिक संरचना निमार्ण गर्नु पर्ने हो त्यसको स्टिमेट तयार पारी वडामा पेश गर्न आग्रह गरे ।

 

उक्त सामुदायिक वनका अध्यक्ष कमारा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षण समितिका उपाध्यक्ष लालबहादुर नेपालीले स्वागत मनतव्य राखेका भने कार्यक्रमको सञ्चालन मधु नेपालीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया