यातायात मजदुर संगठन दाङको अधिबेशन शनिवार हुदै

 माघ ०५, २०७९

तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङको तेस्रो साधारणसभा तथा अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । आउदो शनिवार हुन लागेकोउक्त कार्यक्रमको तयारीका लागी आज बैठक समेत बसेको थियो । उक्त अधिबेशनको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष केशव भण्डारीले जानकारी दिएका छन ।

माघ ७ गतेका दिन संगठनको आफ्नै कार्यालय तुलसीपुर ९ अटोभिलेज नजिक विहान ८ बजे कार्यक्रम हुने छ । कार्यक्रममा उपस्थितीका लागी प्रमुख अतिथी,विशिष्ट अतिथि, अतिथि र सहभागी तथा संगठनका साधारण सदस्य ज्युहरुलाई पत्राचार गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया