फोरलेन सडकले सास्ती दियाे, युवाहरु मिलेर खाल्टा-खुल्टी पुर्दै

 माघ ०५, २०७९

तुलसीपुर । फोरलेन सडक निर्माणको ढिलाईले जनताले सास्ती भोगिरहेको बेला तुलसीपुरका  युवाहरुले भित्र पर्ने सडकका खाल्डा खुल्डी पुर्न लागेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवन योगी, सरसफाई अभियान्ता बिमल रिजाल, निर्माण व्यवसायी गेहेन्द्र गिरीसहित तुलसीपुरका सामाजिक ब्यक्तित्वहरुले सुरू गरेको हात्तीखौवा देखी मज्गैसम्मको फोरलेन सडकमा खाल्डा भर्ने अभियान सुरु भएको युवा ब्यवसायि बिनिल केसीले जानकारी दिए ।

सडक निर्माणमा ढिलाइ हुँदा धेरैले ज्यान गुमाएको र दुर्घटनाको जोखिम बढेकोले अभियान थालेको उनले बताए । यो अभियानमा जोडिन सबैलाई अनुरोध समेत गरिएकाे छ । याे अभियानमा उपमहानगरपालिका सहित विभिन्न ब्यक्तिहरुले पनि मेसिनरि सामाग्रि उपलव्ध गराएका छन । आज पहिलो दिन हात्तीखाैवा चोकदेखि मोतिपुरसम्म मर्मत कार्य भएको ।

तपाईंको प्रतिक्रिया