दाङका सिडिओ रेग्मीको सरुवा, शुसिल बैद्य आउदै

 माघ ०७, २०७९

काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशक सम्म रहेका छन् । दाङका प्रमुख जिल्ला अधिकार हिरालाल रेग्मीको पर्सामा सरुवा भएको छ । अव यहा लमजुङमा कार्यरत शुसिल बैद्य आउदैनछन ।

यस्तै,चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ । झापामा शिवराम पोखरेललाई पठाइएको छ भने सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ । मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ । मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।

तपाईंको प्रतिक्रिया