घाेराहीमा टिभिएसकाे ग्रान्ड एक्सचेञ्ज मेला हुँदै

 माघ ०७, २०७९

तुलसीपुर । दाङकाे घाेराहीमा  टिभिएसकाे ग्रान्ड एक्सचेञ्ज मेला हुँन लागेकाे छ   । टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालि र घाेराहिका  लागि  आधिकारिक बिक्रेता नाेबेल ट्रेडिङ प्रालिकाे संयुक्त आयाेजनामा एक्सचेञ्ज मेला हुन लागेकाे हाे । दाङकाे कर्मचारी मिलन केन्द्रमा माघ ८ गते देखि ग्रान्ड एक्सचेञ्ज मेला सुरु हुने नाेबेल ट्रेडिङका संचालक चित्र बिष्टले जानकारी दिए ।

एक्सचेञ्जमा प्रत्येक खरिद कर्तालाई अधिकतम मुल्यांकन ८ हजार सम्म गरिदिने, हेलमेट, रेनकाेट, ब्याग तथा राेड ट्याक्स निशुल्क गरिदिने  बिष्टले जानकारी दिए। बिगतमा विलासितामा गनिने माेटर बाईक तथा स्कुटरहरु बजार तथा मानिसका आयाम बिकास सगै अनिवार्य साधनकाे रुपमा पर्न थालेका छन । यसै अवस्थालाई हेरेर  विभिन्न कम्पनीहरुले नयाँ नयाँ स्किम ल्याउने गरेका छन ।

त्यसरि नेै आफुलाई आक्रमक तरिका बाट बजारमा उतारेकाे टिभिएसले घाेराहिमा ग्रान्ड एक्सचेञ्ज गर्न लागकाे हाे ।
बजारकाे आवश्यकता तथा राप्ती जिल्लामा पहिलाे पटक हुन लागेको ग्रान्ड एक्सचेञ्ज उपभोक्तालाई   मध्यनजर गरेर लगाउन लागिएको टिभिएस ग्रान्ड एक्सचेञ्ज मेलामा  राईडिङ्ग ज्याकेट पनि उपलब्ध रहेकाे तथा २५% डाउनपेमेन्टमा पनि माेटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने भनेर कम्पनिका क्षेत्रीय बिक्रि प्रबन्धक धनिराम भुसालले जानकारि दिए ।

पहिलो पटक हुन लागेकाे ग्रान्ड एक्सचेञ्ज मेला धेरै फरक उदेश्यले संचालन गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायि राजधानी सरे संगै बिस्तारिएकाे बजार क्षेत्रका ग्राहक बर्गलाई समेत मध्यनजर गरेर घाेराहि बाटै एक्सचेञ्ज संचालनमा ल्याईएकाे र यश बाट सम्पुर्ण क्षेत्रका ग्राहक बर्गले फाईदा लिन सक्ने जगदम्बा माेटर्सका राप्ती अन्चलका रिजनल अफिसर्स डायमण्ड सुबेदिलि जानकारी दिए।

उक्त ग्रान्ड एक्सचेञ्जमा एउटै ठाउँ बाट फाईनान्स, ईन्स्याेरेन्स, एक्सचेञ्ज सुबिधा सहज रुपमा हुने छ भने नया सवारि साधनकाे खरिद पनि मेला स्थल बाट गर्न सकिनेछ। हाल टिभिएसले १४२९०० मूल्य पर्ने माेपेड देखि रेडियन ११०, स्ट्राइकर १२५, रेडर १२५, अपाचे १६०-२भि, अपाचे १६० ४-भि एस.डि, अपाचे १६० ४-भि आर डि, अपाचे १६०य ४-भि आर डि एबिएस, अपाचे २०० ४-भि एबिस एफ आई विथ राईड माेड एण्ड स्लिपर क्लच, २०० ४-भि एबिएस र  ८ लाख रुपैयाँ पर्ने  आर आर ३१० माेडेलका बाईकहरु नेपाली बजारका बिक्री बितरण गर्दै आएकाे छ भने स्कुटर तर्फ विगाे ११० एफ आई विथ बिएस ६, जुपिटर ११०, एनटर्क १२५ ड्रम विथ स्मार्ट कनेक्ट, एनटर्क डिस्क विथ स्मार्ट कनेक्ट, एनटर्क रेस ईडिसन, एनटर्क स्क्वायर्ड तथा एनटर्क आरटि एफ आई बिएस ६ उपलब्ध रहेका छन।

साथै बहुप्रतिक्षित सुबिधा सम्पन्न अपाचे आरटिआर १६० ४-भि एफ आई विथ एबिएस, राईड माेड, स्मार्ट कनेक्ट र बिएस-६ प्रबिधिकाे नया बाईक तथा भ्वाईस एसिस्ट सुबिधा भएको पहिलो एनटर्क रेस एक्सपि स्कुटर समेत मेलामा राखिने भएकाे छ।

तपाईंको प्रतिक्रिया